आज तमु ल्होछार मनाईंदै

0

काठमाडौं । गुरुङ समुदायको महान पर्व तमु ल्होछार आज विभिन्न कार्यक्रम गरि मनाईंदै छ । गुरुङ समुदायको बसोबास भएका स्थानहरुमा यो पर्व मनाउने गरिन्छ । नयाँ वर्षका रुपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चालगायतका जातिले मनाउने गर्दछन् ।
गुरुङ जातिले पुस १५ गते तमु ल्होछारका रुपमा, तामाङलगायतका जातिले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होछारका रुपमा तथा शेर्पा र भोटेलगायतका जनजातिले फागुन शुक्ल प्रतिपदाका दिन ग्याल्पो ल्होछार मनाउने परम्परा छ । ल्हो भन्नाले वर्ष तथा छार भन्नाले नयाँ भन्ने बुझिन्छ । हरेक वर्ष ल्होछारका अवसरमा आफ्ना मान्यजनबाट आशिर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।
सरकारले यो पर्वलाई २०६४ सालदेखि राष्ट्रिय पर्वका रुपमा मान्यता दिई सार्वजनिक बिदासमेत दिने गरेको छ ।यसैबीच तमु ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । उनीहरुले दिएको शुभकामना सन्देशमा सबै नेपालीबीच आपसी एकता, सद्भाव, सहिष्णुता कायम भई सबैको साझा प्रयासबाट समृद्ध मुलुकको रचना गर्न सकियोस् भन्ने कामना गरिएको छ ।

Leave A Reply

Your email address will not be published.