अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको अधिवेशन सम्पन्न

0

लुभेन बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको चौंथो अधिवेशन यही २५ डिसेम्वरका दिन यहाँ सम्पन्न भयो । पहिलो सत्रमा समाजका पदाधिकारी र पर्यवेक्षकहरुले आफना विचारहरु प्रकट गरेका थिए । अधिवेशनमा महासचिव दीपकज्योति पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष परमानन्द सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको प्रथम शत्रको अध्यक्षता अध्यक्ष दीपेन्द्र के.सी.ले गर्नुभएको थियो । उपाध्यक्ष राजकुमार पुडासैनीले स्वागत र महासचिव दीपकज्योति पौडेलले सँचालन गर्नुभएको थियो ।
अधिवेशनले आगामी २ वर्षे कार्यकालका लागि सर्वसम्मत रुपमा दीपकज्योति पौडेलको अध्यक्षतामा नयाँ समितिको गठन गरेको छ । नवगठित समितिमा राजकुमार पुडासैनी र विष्णु सापकोटा उपाध्यक्षव्दय, परमानन्द सापकोटा महासचिव, मोहन खत्री सचिव, डिल्ली अम्माई कोषाध्यक्ष र सदस्यहरुमा नन्दराज घले, माधव सापकोटा, हरि श्रेष्ठ, यामु निरौला र सौरभ कारञ्जित रहनु भएको छ ।  समाजका सल्लाहकारहरुमा पूर्व अध्यक्षव्दय विमल गिरी र दीपेन्द्र के.सी, पँचम अधिकारी र जे.वी . शेर्पा हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.