महजात्रा सम्पन्न

0

टोकियो । कल्याणकारी कोष बनाउनका लागि आइतबार टोकियोको नाकानोमा महजात्रा २०१५ सम्पन्न भएको छ । कार्यक्रममा भारतले लगाएको नाकाबन्दी र नेपालको राजनीति केन्द्रित महजोडीको व्यङ्ग्यात्मक शैलीको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो । त्यस्तै लोकगायक बमबहादुर कार्कीले पुराना लोकभाका ‘डाँडैको देवीदेउराली’, ‘खोला पारि निरमाया वारि म रुनी’, ‘पानको पात’लगायत गीत गाउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.