काँग्रेस पदाधिकारी बैठकमा क्रियाशील विवादबारे छलफल

0

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठकले पार्टीको क्रियाशील सदस्यता विवादलाई समाधान गर्ने सम्बन्धमा छलफल गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज भएको पदाधिकारी बैठकले सबैलाई न्यायोचित हुने गरी क्रियाशील विवाद मिलाउने निर्देश गरेको नेता रमेश लेखकले बताउनुभयो ।
आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता विवादका सम्बन्धमा गरेको निर्णयानुसार क्रियाशील सदस्यता छानबिन समितिले तीन दिनभित्र सबैलाई चित्त बुझाएर क्रियाशील सदस्यताको सूची पार्टी सभापति कोइरालालाई बुझाउने भएको छ ।
“बैठकमा क्रियाशील सदस्यता विवादका सम्बन्धमा विभिन्न जिल्लाबाट आएका गुनासालाई सम्बोधन गरी न्यायोचित रुपमा निर्णय लिइएन”–केन्द्रीय सदस्य महेश आचार्यले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.