कांग्रेसमा क्रियशाील सदस्यता प्रतिवेदनको मतभेद चर्कियो

0

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पुनरावलोकन गर्नुपर्ने माग गरेका छन् । केही दिनदेखि जारी केन्द्रीय समिति बैठकमा शुक्रबार धारणा राख्ने अधिकांश सदस्यहरुले सदस्यता सम्बन्धमा परेका उजुरीहरुको सुनुवाइ नगरिएको, बिना मापदन्ड मतदानको अधिकार दिने र नदिने भनिएको, विवाद मिलाउने समितिले राम्रोसँग काम गर्न नसकेको भन्दै प्रतिवेदन सच्याउन माग गरेका हुन् ।
केन्द्रीय सदस्य नरहरि आचार्य संयोजकत्वको समितिले क्रियाशील सदस्यता छानबिन गरेर प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेको थियो । बैठकमा सदस्यहरुले धारणा राख्नेक्रम नसकिएकाले बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ ।

Leave A Reply

Your email address will not be published.