नेपाली समुदायद्वारा नाकाबन्दीबारे बेल्जियमका सभामुखलाई ज्ञापनपत्र

0

ब्रसेल्स । बेल्जियमको संघीय संसद (कामेर) का सभामुखलाई त्यहाँका नेपाली समुदायले भेट गरी ज्ञापनपत्र बुझाएका छन् । नेपाली समाजका अगुवा कृष्ण रेग्मीले नेतृत्व गएको टोलीले छिमेकी मुलुक भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीले सिर्जना गरेको समस्याबारे सभामुखलाई स्मरण गराएको थियो ।

2-4
भारतीय नाकाबन्दीले नेपालमा औषधि, इन्धन र अत्यावश्यक वस्तुको अभाव भएकाले जनजीवन कष्टकर बन्दै गएको ज्ञापनपत्र उल्लेख गरिएको छ । स्मरणपत्रमा उल्लेख भएका कुराबारे बेल्जियमको संसदले जतिसक्दो छिटो कार्य गर्ने नेपाली प्रतिनिधि मण्डललाई सभामुखले आस्वास्त पार्नुभएको थियो । महत्वपूर्ण समयका लागि नेपाली प्रतिनिधिमण्डलले सभामुखलाई धन्यवाद दिए ।

Leave A Reply

Your email address will not be published.