मधेस आन्दोलन आन्तरिक मामिला हो : डा भट्टराई

0

धनगढी, २६ मङ्सिर । पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माणको नेतृत्व गरिरहनुभएका डा बाबुराम भट्टराईले आदिवासी÷जनजाती, थारु÷मधेसी र खसआर्य समुदायको ‘कलष्टर’लाई समेटेर अघि बढ्न सकेमा सीमाकङ्नको समस्या समाधान हुने बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अहिलेको सीमाङ्कन जग्गाको कित्ताकाट गरेको र काँक्रा चिरेजस्तो भएको टिप्पणी गर्दै ती समुदायलाई नसमेटिएसम्म विवाद साम्य हुन नसक्ने धारणा राख्नु भयो । नेता भट्टराईले तराई–मधेसको समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षबीच सार्थक वार्ता हुनुपर्नेमा जोड दिनुभयो ।
तराई–मधेसको आन्दोलन आन्तरिक मामिला भएकाले त्यसको समाधान नेपालीले नै खोज्नुपर्ने उहाँको भनाइ थियो । उहाँले दिल्ली र काठमाडौँ सत्ताले हरेक बेला आआफ्नो स्वार्थ अनुकूल गतिविधि गर्ने गरेकाले पछिल्लो समस्या लम्बिएको उल्लेख गर्नु भयो । भट्टराईले नयाँ शक्ति अभियान कुनै पार्टीको परिवर्तित रुप नभएको दाबी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.