एसिया लोकतन्त्र र मानवअधिकार सम्मान दनुवारलाई

0

‘एसिया लोकतन्त्र र मानवअधिकार अवार्ड–२०१५’ शक्ति समूह नामक संस्थाका अध्यक्ष सुनिता दनुवारलाई प्रदान गरिने भएको छ । ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाले प्रदान गर्ने रू एक लाख अमेरिकी डलर बराबरको सम्मान ग्रहण गर्न दनुवार आज ताइवानतर्फ प्रस्थान गर्नुभएको छ । फाउन्डेसनले एसियामा मानवअधिकार तथा लोकतन्त्रका विषयमा महत्वपूर्ण योगदान पु¥याउने कुनै एक व्यक्ति वा संस्थालाई हरेक वर्ष सम्मान वितरण गर्दैै आएको छ ।
उहाँको साहस, नेतृत्व र मानव बेचिबखनविरुद्धको उल्लेखनीय कार्यको सम्मान गर्दै यही डिसेम्बर १० अर्थात् मङ्सिर २४ गते अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा ताइपेइमा सो सम्मान प्रदान गरिने छ ।

Leave A Reply

Your email address will not be published.