यूरोपकै टप मोडल प्रतियोगिताको फाइनलमा भिड्दै नेपाली चेली

0

चारदिशा सम्वाददाता।

वेल्जियमकै गैरव मानिने टप मोडल वेल्जियमको फाईनलमा नेपाली चेली योगिता थापा जोडदार प्रतिस्पर्धिको रुपमा उभिएकी छिन्। वेल्जियमको लिएज निवासी योगिता  ‘‘वेल्जियम  मोडल सेमी फानल  ’’ मा सयौं प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै फाइनलमा आफूलाई उभ्याउन सफल भएकी थिईन् ।

फ्रान्सको राजधानी पेरीसमा २४ जनवरी २०१६ मा आयोजना गर्न लागिएको टप मोडल वेल्जियमको विविध विधामा १८० जनाले प्रतिस्पर्धा गर्नेछन्। फाइनलमा पुग्नको लागि गत जुनमा वेल्जियममा नै प्रतिस्पर्धीहरु भिडेका थिए। सेमीफाइनलमा भने  शुभचिन्तकहरुले  पठाएका एसएमएस र व्यक्तिगत खूवी तथा योग्यताका आधारमा प्रतिस्पर्धिहरु चुनिनेछन्।

टप मोडल वेल्जियम प्रतियोगिता केही वर्षदेखि सन्चारमाध्ययमहरुमा प्रमुखताका साथ आइरहेको भएतापति खासै नेपालीहरु प्रतिस्पर्धमामा आएको पाइदैन। मोडेल थापा यदि फाइलनमा विजयी भएको खण्डमा भने नेपालीहरुको ध्यानाकार्षण गर्न सफल हुने सम्भावना छ। फेशन डिजाइनिङमा वेदेशवाट स्नातक गरेको उनको दुवईमा आधुनिक फेसन डिजाइनिङमा काम गरेको अनुभव छ।

यस प्रतिस्पर्धा अगाडि नै उनले अोम विक्रम विष्टले गाएका म्यूजिक भिडियोहरुमा अभिनय गरिसकेकी छिन्।

योगितालाई भोट गर्ने तरिका

प्रतिस्पर्धाको फाइनलमा रहेकी योगितालाई वेल्जियम, लक्जेम्वर्ग र फ्रान्सवाट भोटहाल्न सकिनेछ। वेल्जियवाट TMB 289 लेखि 3565 मा एसएमएस पठाउनुपर्नेछ।

यसैगरी फ्रान्सवाट TMB 289 लेखि 81013 मा म्यासेज पठाउनुपर्नेछ। यसैगरी लक्जेम्वर्गवाट TMB 289 लेखि  64747 मा म्यासेज पठाउनुपर्नेछ।

भोट हाल्न कति पैसा खर्च हुन्छ ?

एमएमएस मार्फत नेपाली चेलीलाई एसएमएस गर्दा १युरो ५० सेन्ट खर्च हुन्छ। यस्तो एसएमएस जतिपटक पनि गर्न सकिने आयोजकले जानकारी गराएका छन्।

कसरी कार्यक्रममा सहभागि हुने ? 

उक्त कार्यक्रममा सहभागि हुन चाहनेले निम्न इमेल ठेगानमा सम्पर्क गरी टिकट प्राप्त गर्न सकिनेछ।

tmbreservation.lido2016@gmail.com

कार्यक्रम हुने स्थल

116 Avenue des Champs Elysées 75008 Paris
 

 

 

Leave A Reply

Your email address will not be published.