ग्यास आयत ठप्पै

0

काठमाडौं, १६ मंसिर । भारतसँग सीमा जोडिएका देशका प्रमुख नाकाहरुबाट बुधबार पनि आयात प्रभावित बनेको छ । बुधबार दिनभरमा विराटनगर–जोगबनी नाकाबाट ६ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोलसहित ५१ ओटा मालबाहक गाडीमात्र नेपाल प्रवेश गरेका छन् । पूर्वको काँकडभिट्टा–पानीट्यांकी नाकाबाट बुधबार दिनभरमा ६ ट्यांकर पेट्रोल, २ ट्यांकर मट्टीतेल र १ ट्यांकर हवाई इन्धनसहित ८७ ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् । यस्तै, बेलहिया–सुनौली नाकाबाट बुधबार पेट्रोलियम पदार्थबाहेकका गाडीहरुमात्र नेपाल प्रवेश गरेका छन् । त्यो पनि ज्यादै न्यून मात्रामा रहेको भन्सार कार्यालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.