काँग्रेसको साताव्यापी प्रशिक्षण

0

चितवन, १६ मङ्सिर । नयाँ संविधानमा भएको व्यवस्थाबारे जानकारी दिन नेपाली काँग्रेस चितवनले आजदेखि साताव्यापी प्रशिक्षण सुरु गरेको छ । काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठका अनुसार हरेक दिन केन्दीय नेताको सहभागितामा कार्यकर्ता प्रशिक्षण आयोजना गरिने जानकारी दिनुभयो । नयाँ संविधान र यसका अन्तरवस्तुका विषयमा कार्यकर्तालाई सूचित गराउन काँग्रेसका केन्द्रीय नेताहरुले आजदेखि २१ गतेसम्म प्रशिक्षण दिने कार्यक्रम राखिएको नेकाँ चितवनले जनाएको छ ।
कार्यकर्तामार्फत पनि जनतालाई संविधानका उपलब्धिबारे जानकारी दिने कार्यक्रमको उद्देश्य रहेको छ ।

Leave A Reply

Your email address will not be published.