एनआरएनद्वारा लुम्बिनी अञ्चल अस्पताललाई औषधि सहयोग

0

भैरहवा, १५ मङ्सिर । लुम्बिनी अञ्चल अस्पताल बुटवललाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले अति आवश्यक पर्ने औषधि उपलब्ध गराएको छ । रु तीन लाख ९१ हजार मुल्य बरावरका जीवनदायी औषधि आज अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनाललाई एनआरएनका अध्यक्ष शेष घलेले हस्तान्तरण गर्नुभएको हो ।
गौतमबुद्ध विमानस्थल भैरहवाको हाताभित्रै औषधि हस्तान्तरण गर्दै एनआरएन अध्यक्ष घलेले नाकाबन्दीका कारण नेपालमा देखिएको मानवीय संवेदनालाई ख्याल गर्दै सहयोग उपलव्ध गराएको बताउनुभयो । उहाँले विदेशमा बस्ने नेपालीले एकएक रुपैया उठाएर नेपालमा परेको समस्या समाधानका लागि एनआरएनले पहल गरिरहेको बताउँदै अब यसको निकास छिट्टै निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।
अस्पतालका डा खनालले आपतका बेला एनआरएनले देखाएको सद्भाव र सहयोग निकै मुल्यवान भएको जनाउँदै एनआरएनबाट अबका दिनमा पनि मानवीय संवेदनालाई सम्बोधन हुने किसिमका सहयोगको अपेक्षा राखेको बताउनुभयो । अस्पताललाई उपलब्ध गराइएको औषधि बिरामीलाईसमेत निःशुल्क वितरण गरिने अस्पतालले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.