हतियारसहित भागेका भगौडा प्रहरी पक्राउ

0

काठमाडौँ, १३ मङ्सिर । स्थानीय सुन्धारामा खटिएको प्रहरी टोलीले आज बिहान सुन्धारा नजिकै भगौडा प्रहरी छोटेलाल ठाकुरमाथि गोली प्रहार गरेको छ । अपराध महाशाखाबाट खटिएको टोलीले सुन्धाराको एक गेस्ट हाउसमा बसेका बारा जिल्लाका ठाकुरलाई चिनियाँ पेस्तोल बोकेको अवस्थामा गोली प्रहार गरिएको प्रहरी नायब उपरीक्षक किरणजङ्ग थापाले जानकारी दिनुभयो । तराईका जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न भएकाले पहिलेदेखि नै निगरानीमा रहेका ठाकुरसँगै बाराकै राजकुमार पटेललाई समेत शङ्का गरी पक्राउ गरिएको छ । सूचनाका आधारमा गेस्ट हाउसमा पुगेर ठाकुरलाई नियन्त्रणमा लिन खोज्दा मुठभेड भए पनि गोली चलाइएको र ठाकुरको घुँडामुनि गोली लागेको प्रहरी नायब उपरीक्षक थापाको भनाइ छ । घाइते ठाकुरलाई उपचारका लागि प्रहरी अस्पताल महाराजगन्ज लगिएको छ ।

Leave A Reply

Your email address will not be published.