लुम्बिनी कपिलवस्तु अभियानले अन्तक्र्रिया गर्ने

0

लुभेन, १२ मङ्सिर । लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानले आफ्नो सातौँ वार्षिकोत्सवको सन्दर्भमा बुद्ध र लुम्बिनी, नेपालको  प्रवर्धन अन्तर्राष्ट्रिय मन्चमा गर्ने उद्देश्यले ब्रुस्सेल्समा आगामी सोमवार, ३० नोभेम्वरमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय सम्मेलन आतंकवादीहरुको उच्च जोखिम भएकोले बेल्जियमका प्रधानमन्त्री चार्ल्स मिचेलले गत सोमवार प्रेस सम्मेलनमार्फत सोमवार ३०
नोभेम्वरसम्म उच्च जोखिम हुने बताउदै कुनै पनि सार्वजनिक कार्यक्रम नगर्न अपिल गरेका कारण लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान र नेपाल सरकार लुम्बिनी विकाश कोषको संयुक्त आयोजनामा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरिएको छ ।
तर अभियानको राष्ट्रिय समिति बेल्जियमले सातौँ वार्षिकोत्सवको सन्दर्भमा मंगलवार, १ डिसेम्वर २०१५ का दिन १२.३० बजे लुभेनको
ओन्स हाउसको सभाकक्षमा “अभियानका उपलब्धिहरु र चुनौतीहरु” विषयक एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख वक्ता लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानका विश्व समिति सल्लाहकार एवं प्राज्ञ डा कविताराम श्रेष्ठ हुनुहुनेछ । यस महत्वपुर्ण कार्यक्रममा बेल्जियमस्थित सम्पूर्ण संघ संस्था तथा आम जनसमुदायलाई उपस्थितिको लागि अभियान
हार्दिक अनुरोध गर्दछ ।
आयोजक
लुम्बिनी-कपिलवस्तु दिवस अभियान
राष्ट्रिय समिति बेल्जियम

Leave A Reply

Your email address will not be published.