वैदेशिक रोजगारीमा अख्तियारको चासो

0

काठमाडौं, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीकाक्रममा हुने विभिन्नखाले विकृति र विसंगतिहरुको गम्भीर अध्ययन गरी सुधार गर्न सरकार र सरकार माहतहतका निकायहरुलाई निर्देशन दिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले भोग्नुपरेको समस्याबारे अख्तियारले गरेको अनुसन्धानसहितको सुझाव प्रतिवेदन सरकारका विभिन्न मन्त्रालयहरुलाई दिँदै निर्देशन दिइएको हो ।
अख्तियारको मुख्यालयमा विहीबार गरिएको पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णहरि पुष्करले अख्तियारले दिएको निर्देशन र सुझाव कार्यान्वयन नगर्ने सरकारी निकाय र तथा व्यक्तिहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिए ।
वैदेशिक रोजगारीमा जाने मजदुरहरुलाई सहजरुपमा रोजगारीमा पठाउन र विदेशमा पनि सहजरुपमा काम गर्ने वातावरण मिलाउनेलगायतका विषयमा अखितयारले सरकार र सरोकारवाला निकायहरुलाई ९ पृष्ठ लामो सुझाव दिएको छ । अख्तियारले दिएको सुझाव कार्यान्वयन गर्नका लागि अन्तरनिकाय समन्वय तथा अन्य आवश्यक काम गर्ने जिम्मेवारीका लागि अख्तियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई तोकेको छ ।

Leave A Reply

Your email address will not be published.