रेडियो परासीमा पेट्रोल बम प्रहार

0

नवलपरासी, १० मंसिर । नवलपरासीको सदरमुकाम परासीस्थित रेडियो परासीमा बुधबार राति अज्ञात समुहले पेट्रोल बम प्रहार गरेका छन् । आक्रमणकारीले पार्किङमा रहेको एउटा मोटरसाइकलमा समेत आगजनी गरेका छन् । समाचारको विषयलाई लिएर टेलिफोन मार्फत धम्काउँदै गर्दा बाहिर आएका अज्ञात व्यक्तिहरुले पेट्रोल बम प्रहार गरी मोटरसाइलमा आगजनी गरेको रेडियोका प्रबन्धक मेघराज गौतमले जानकारी दिए ।
सञ्चारमाध्यममा आक्रमण भएपछि सुरक्षाको माग गर्दै रेडियोको प्रशासरण अनिश्चितकालिन बन्द गरिएको छ । भारतले नाकाबन्दी गरेको छैन, नाकाबन्दीलाई प्राथमिकता दिएर किन समाचार बजाउने कालोबजारीको समाचार किन नबजाउने भन्दै फोन मार्फत धम्की आएको प्रबन्धक गौतमले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.