२९ डिशेम्वरमा हुने भो नेपाली व्यवसायी संघ वेल्जियमको अधिवेशन

0

चारदिशा सम्वाददाता।

नेपाली व्यवसायी संघ वेल्जियमको अधिवेशन आगामी डिशेम्वर २९ का दिन आन्त्रपेनको होटल नेशनलमा सम्पन्न हुने भएको छ। नेपाली व्यवसायी संघ वेल्जियम कार्यसमितिको  सोमवार वसेको वैठकले अधिवेशनको मिति तोक्दै नयाँ सदस्यता लिन तथा नविकरण गर्न सम्पूर्ण व्यवसायीहरुमा हार्दिक अनुरोध गरेको छ।

वैठकले   सदस्यता  तथा नविकरणका लागि  उपाध्यक्ष  किसन केसीको संयोजकत्वमा कमल भारती, चेत प्रसाद भट्ट,  सुन्दर पौडेल, आर बि घले,   भिम जोसी,  राजु थापा र  सन्तोस प्रधान रहेको समिति गठन गरेको संस्थाका महासचिव लोक दाहालले जानकारी दिएका छन्।

अधिवेशन प्रचारप्रसारको लागि निवर्तमान अध्यक्ष अर्जुन कुमार श्रेष्ठको संयोजकत्वमा हरी कुमार शर्मा थपलिया  लोक दाहाल,  किसन केसी,  चेत प्रसाद भट्ट, सुन्दर पौडेल,  आर बि घले,  भिम जोसी, राजु थापा , सन्तोष प्रधान, सहदेव गौतम, सरस्वती चापागाई रहेको समिति निमार्ण  गरिएको छ ।

बेल्जियममा सक्रिय रहेका संघसंस्थाका पदाधिकारीहरु लगायत अन्य नेपालीहरुलाई अधिवेशनमा  उपस्थित भई  ” वेल्जियम निवासी  नेपालीहरुको ब्यवसायिक बिकास ” बिषयक छलफलमा सहभागि हुन तथा आफ्ना अमूल्य  सुझाव दिन व्यवसायी संघले आग्रह गरेकोछ ।

Leave A Reply

Your email address will not be published.