युरोपमा बढ्दो आप्रवासी समस्या

0

वार्सा, २९ कात्तिक । विश्वमा जारी हिंसा र आन्तरिक राजनीतिक विद्रोहका कारण पछिल्ला वर्षहरुमा युरोपेली देशहरुमा आप्रवासी समस्या बढ्दै गएको पाइएको छ । यससम्बन्धी युरोपेली देशहरुले विभिन्न नीतिहरु सार्वजनिक पनि गरिरहेका छन् । तर पनि हिंसाको मात्रा अत्यन्तै ठूलो मात्रामा भएकोले पनि आप्रवासी समस्या तत्कालै समधान हुनेजस्तो देखिएको छैन ।
यसैबीच पोल्याण्डले सो देशले थप तीन हजार शरणार्थीको शरण स्वीकार गर्ने भएको जानकारी दिएको छ । यसअघि पनि सो देशले शरणार्थीको सङ्ख्या बढाएको थियो । शरणमाग्ने व्यक्तिको सङ्ख्यामा केही थपिने जानकारी पोल्याण्डका प्रधानमन्त्रीले दिनुभएको बताइएको छ । शरण माग्ने व्यक्तिको आवेदन स्वीकार गरेको घोषणा उहाँले गर्नुभएको छ ।
युरोपियन युनियन (इयु) ले हालैमात्र अघि सारेको शरणार्थीको थप विकासको लागि अझै राम्रो पुनर्वास दिने कार्यक्रमप्रति पनि उहाँको समर्थन रहेको छ । युरोपियन युनियनले सन् २०१६ को जुन र जुलाईमा ६० हजार भन्दा बढी आप्रवासी र शरणर्थी पुनर्वासको व्यवस्था गर्ने निर्णय गरेको थियो । जसमा युरोपियन युनियनदेखि बाहिरी इलाकामा अवस्थित शिविरमा बसोबास गर्दै आएका २० हजार व्यक्ति सहभागी रहेका थिए । विश्वका विभिन्न देशमा बढ्दो हिंसा र आन्तरिक द्वन्द्वका कारण हालैका केही समययता आएर युरोपेली क्षेत्रमा शरणार्थीको सङ्ख्या बढ्दै गएको छ ।
जसका कारण युरोपका कयौँ देशको अवस्था अत्यन्तै अस्तव्यस्त हुन पुगेको बताइएको छ । तर युरोपेली देशहरुले यस समस्याको सामुहिक समाधान खोजिरहेका बताइन्छ ।

Leave A Reply

Your email address will not be published.