कांगे्रसले थाल्यो मधेशी दलसँग छलफल

0

काठमाडौं, २८ कार्तिक । मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्दर्भमा नेपाली काँग्रेस र मधेसकेन्द्रित दलबीच आज वार्ता सुरु भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा प्रारम्भ भएको वार्ताले विश्वासको वातावरण तयार गर्ने अपेक्षा गरिएको छ । बैठकमा काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य महेश आचार्य र सचेतक ईश्वरी न्यौपाने हुनुहुन्छ ।
त्यसैगरी तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र यादव, सङ्घीय समाजवादी फोरम नेपालका उपेन्द्र यादव र नेता अशोककुमार राई, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र हृदयेश त्रिपाठी तथा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।
काँग्रेसले तराई मधेस समस्या समाधान गर्न आफ्नो नेतृत्वको सरकारले संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव अविलम्ब पारित हुनुपर्नेमा जोड दिँदै आएको छ भने प्रमुख प्रतिपक्षी दल काँग्रेसबिनाको सरकारी वार्ता टोलीले मात्र निकास ननिकाल्ने सार्वजनिक अभिव्यक्ति आन्दोलनरत दलले दिँदै आएका छन् ।

Leave A Reply

Your email address will not be published.