भैरहवा \ प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुग्नुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहका लागि उहाँ लुम्बिनी आउनुभएको हो ।
प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विमानस्थलमा स्वागत गर्नुभयो । कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुनुहुन्छ ।
शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालयका २८९ जना विद्यार्थी दीक्षित हुँदैछन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्रीले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।