‘ छक्कापञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’मध्ये कसलाई कति शो ?

0

काठमाडौंँ \ फूलपातीदेखि प्रदर्शनमा आउन लागेको तीन फिल्म ‘छक्का पन्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’को बुकिङ खुला भएको छ । मंगलबार दिउँसोसम्म तीन फिल्ममध्ये सबैभन्दा धेरै शो ‘छक्कापञ्जा ५’ पाएको छ ।

दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरेको फिल्मले देशभर हलबाट एक दिनमा २१७ शो पाएको खल्ती एपको डाटामा उल्लेख छ । क्यूएफएक्सले यो फिल्मलाई ९४ शो र आईएनआईले १४ शो उपलब्ध गराएको छ ।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटीलगायतका कलाकारको अभिनय छ । त्यस्तै, फिल्म ‘१२ गाउँ’ले देशभर १२५ शो प्राप्त गरेको छ । क्यूएफएक्सले यो फिल्मलाई ४९ शो र आईएनआईले ८ शो दिएको छ । बिराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ’मा फिल्ममा बिराज र उनका छोरा समीरको मुख्य भूमिका छ ।

फूलपातीमा आउने तीन फिल्म मध्य सबैभन्दा थोरै शो वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’ले पाएको छ ।  फिल्मले देशभर ८९ शो पाएको छ ।

गत बिहीबारबाट प्रदर्शनमा आएको फिल्म बिहीबारका ‘बेहुली फ्रम मेघौली’ले पनि दोस्रो साता २४ शोका साथ निरन्तरता पाउने भएको छ । स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्मको दोस्रो साताको शोमा भारी कटौती भएको हो ।

तीन फिल्म एकसाथ रिलिज हुने भएपनि ‘बेहुली फ्रम मेघौली’को शोलाई असर परेको हो ।

Leave A Reply

Your email address will not be published.