सुशासन कायम गर्न अख्तियारले अझै तथ्यपरक र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

0

राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन कायम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अझै तथ्यपरक र वैज्ञानिक अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले भ्रष्टाचारजन्य कसुरको पहिचान गर्ने, अनुसन्धान र अभियोजनसम्बन्धी कार्यलाई वैज्ञानिक, तथ्यपरक र नतिजामुखी बनाउने कार्य बढी महत्त्वपूर्ण भएको उल्लेख गर्नुभएको हो ।

यसका लागि आयोगको संस्थागत क्षमता विकास र कर्मचारीको व्यावसायिक दक्षता अभिवृद्धि गर्दै आयोगका काम कारबाहीलाई पारदर्शी र प्रभावकारी बनाउनु अत्यावश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।

राष्ट्रपति पौडेलले आयोगले भ्रष्टाचार नियन्त्रणका विभिन्न रणनीति अवलम्बन गर्दै आएको र कार्यसम्पादन गर्दा आम नागरिक तथा राष्ट्रिय हितलाई मध्यनजर गरी सदाचार, निष्पक्षता र निर्भिकताको मूल मन्त्रलाई आत्मसात गरेकामा खुसी व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.