बङ्गलादेशले रोहिङ्ग्या शरणार्थीलाई प्रवेश गर्न नदिन सीमामा कडाइ गर्ने

0

बङ्गलादेशको अन्तरिम सरकारले राज्यविहीन र उत्पीडनमा परेका रोहिङ्ग्या शरणार्थीहरूलाई देशमा प्रवेश गर्न नदिन सीमामा कडाइ गर्ने भएको छ । पछिल्लो समय शरणार्थीहरूले असुरक्षित रुपमा सीमा पार गर्ने क्रम बढेको भन्दै अब नयाँ शरणार्थीलाई आउन नदिन काम गरिरहेको बङ्गलादेशमा गठन भएको नयाँ अन्तरिम सरकारले जनाएको छ ।

झण्डै  १० लाख रोहिङ्ग्याहरू बङ्गलादेशको ठूलो तर अव्यवस्थित राहत शिविरहरूमा बस्छन् । यसमध्ये धेरै रोहिङ्ग्याहरु संयुक्त राष्ट्रसङ्घीय अदालतमा मुद्दासमेत दर्ता भएको सन् २०१७ को जातीय हिंसापछिको सैन्य कारबाहीको क्रममा म्यान्मारबाट भागेका बङ्गलादेशका सञ्चार माध्यमले जनाएका छन् ।

पछिल्लो समय सीमा नजिकै बढ्दो द्वन्द्वका कारण रोहिङ्ग्या बाहुल्य बस्तीका धेरै बासिन्दा विस्थापित भएका छन् । बङ्गलादेशका अन्तरिम विदेशमन्त्री तौहिद हुसेनले केही हप्ताअघिदेखि अहिलेसम्म झण्डै आठ हजार रोहिङ्ग्या बङ्गलादेश प्रवेश गरेको जानकारी दिनुभएको छ । उहाँले देशको सङ्कटजन्य परिस्थितिमा अरुलाई आश्रय दिन आफ्नो क्षमताभन्दा बाहिरको कुरा भएकाले शरणर्थीको थप आगमन रोक्न प्रयास गरिरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.