देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघ्यो

0

काठमाडौँ \ देशभर डेंगु सङ्क्रमितको सङ्ख्या ६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत मध्य माघयता ६ हजार ३४७ जनामा डेंगु सङ्क्रमण भएको छ । गत अगस्ट २७ मा ५ हजार ५८९ जनामा फैलिएको डेंगु अगस्ट ३० मा ७५८ जना सङ्क्रमित थपिएर ६ हजार ३४७ जना पुगेको हुन् ।

देशभर फैलिएको ७५ जिल्लामध्ये सबैभन्दा बढी तनहुँ, कास्की, पर्वत, चितवन र काठमाडौँमा पाँच सय बढी डेंगु सङ्क्रमित छन् । देशभर ७७ जिल्लामध्ये ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क छ ।

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने चिकित्सक सुझाउ छन् ।

Leave A Reply

Your email address will not be published.