सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रम सुरु

0

काठमाडौँ \ राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको छ । उहाँले हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने हुनु भएको छ ।

सार्वजनिक स्थलमा उहाँले आम नागरिकसँग संवाद गर्ने स्थानीयहरूको गुनासो सुन्नुहुने भएको छ । जस अन्तरगत  पहिलो पटक आज भक्तपुर दरबार स्क्वायर जानुहुने भएको छ । पहिलो कार्यक्रम नै भक्तपुरबाट सुरु हुन लागेको राष्ट्रपतिको सचिवालय स्रोतले जनाएको छ ।

राष्ट्रपति पौडेल आज  बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा जाने कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.