कैलालीमा डेढसयभन्दा बढी घर डुबानमा, १९ परिवार विस्थापित

0

कैलाली \ हिजो र अस्तिको वर्षाले कैलालीका विभिन्न बस्ती डुबानमा परेका छन् ।  एक सय ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका एकसय दुई व्यक्ति विस्थापित भएका प्रशासनले जनाएको छ ।जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाको ३, ४, ५, ८, ७ र ९ नम्बर वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगङ्गा नगरपालिका–९ र कैलारी गाउँपालिका–५ का बस्ती डुबानबाट प्रभावित भएको छ । भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका हुन् ।

विस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन् । कैलारीका १० परिवालाई वडा कार्यालयमा र अरुलाई सुरक्षित ठाउँमा सारिएको छ । दुई दिनदेखिको वर्षासँगै जिल्लाको कटैनी, शिबगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायतका नदीमा बढेको पानीको बहाव पसेपछि बस्ती डुवानमा परेको हो ।

पानीको निकास हुन नपाउनेगरी पूर्वपश्चिम हुलाकी राजमार्गको कतिपय भागको सडक खण्ड निर्माण गरिएको कारण डुबानमा पर्ने गरिएको स्थानीयबासिन्दाले गुनासो गरेका छन् । उनीहरूले पानी निकास हुनेगरी हुलाकी राजमार्ग खण्डमा आवश्यक संरचना बनाउनुपर्ने माग गरेका छन् ।

यसैबीच कञ्चनपुरमा असार तेस्रो हप्ताको बाढीबाट एक अर्ब ५० करोडको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भौतिक पूर्वाधार, कृषि बाली, उद्योग तथा पशुधनमा क्षति भएको हो ।

Leave A Reply

Your email address will not be published.