विश्वकप क्रिकेट लिग दुईमा नेदरल्यान्ड्सले अमेरिकालाई हरायो

0

विश्वकप क्रिकेट लिग दुईमा नेदरल्यान्ड्सले अमेरिकालाई हराएको छ । आइसीसी क्रिकेट विश्वकप लिग दुई श्रृङ्खलामा नेदरल्यान्ड्स, अमेरिका, क्यानडा र घरेलु टोली बीचको त्रिकोणात्मक श्रृङ्खलाको तेस्रो खेलमा घरेलु टोलीले अमेरिकालाई १९ रनले हराएको हो ।

स्पोर्टपार्क वेस्टवलेट, द हेगमा हिजो भएको खेलमा नेदरल्यान्ड्सले दिएको २ सय ३८ रनको मध्यम लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभर ५ बलमा अल आउट हुँदै २ सय १८ रन मात्र बनायो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३७ रन जोडेको थियो ।

८ टोली सहभागी लिग दुईको अङ्क तालिकामा नेदरल्यान्ड्स ८ अङ्कका साथ तेस्रो स्थानमा उक्लिएको छ । पराजित अमेरिका २ अङ्कका साथ छैटौँ स्थानमा छ । स्कटल्यान्ड ९अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । अङ्क तालिकामा २ अङ्कका साथ नेपाल सातौँ स्थानमा छ ।

लिग दुईको शीर्ष चार टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोटमा स्थान बनाउने छन् ।

Leave A Reply

Your email address will not be published.