भारतीय विदेश सचिव आज नेपाल आउँदै

0

काठमाडौं \ भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज काठमाडौं आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन् । नेपालमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेपछि भारतको यो नै पहिलो उच्चस्तरीय भ्रमण हो । विदेश सचिव बनेलगत्तै मिश्रीले पहिलो भ्रमण भने भुटानमा गरेका थिए ।

नेपाल भ्रमणका क्रममा उनले नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किने कार्यक्रम छ ।

भारतस्थित विदेश मन्त्रालयले मिश्रीको यो भ्रमणबाट नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको र ‘छिमेकी पहिलो नीति’ अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने जनाएको छ ।

Leave A Reply

Your email address will not be published.