राष्ट्रपति पौडेलद्वारा भोटो जात्राको अवलोकन

0

ललितपुर \  राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ।   ललितपुरको जावलाखेलमा आइतबार अपराह्न आयोजित भोटो जात्रामा उपस्थित भएर राष्ट्रपति पौडेलले भोटो जात्रा अवलोकन गर्नुभएको हो।

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आइतबार राष्ट्रपति पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाउनुभएको हो।

राष्ट्रपति पौडेल भोटो जात्रा अवलोकनका लागि जावलाखेल पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख, उपप्रमुखलगायतका अधिकारी तथा गुठी संस्थानका पदाधिकारीले स्वागत गर्नुभएको थियो।

सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको थियो। भोटो जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीको सहभागिता रहेको थियो।

जात्राका अवसरमा सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

Leave A Reply

Your email address will not be published.