मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारीलाई

0

‘मिस नेपाल वर्ल्ड –२०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । हिजो ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । उहाँलाई गएको वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिनुभयो ।

प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जित्नुभयो । यस वर्ष ‘मिस वर्ल्ड’मा भने ‘मिस नेपाल २०२३’ प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नुहुनेछ । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.