भारतले नाका शिल ग-यो

0

पर्सा, १४ कात्तिक । नेपाल–भारतबीच पर्ने रक्सौल नाका आजदेखि ४८ घन्टाका लागि सिल गरिएको छ । विहारमा जारी विधानसभा निर्वाचनअन्तर्गत चौथो चरणको मतदानमा हुनसक्ने सम्भावित आपराधिक घटना हुन नदिने उद्देश्यका साथ भारतीय पक्षले नाका सिल गरेको बताइएको छ ।
विहार राज्यको मोतिहारी, मुजफ्फरपुर, सीतामढी, बेतिया र बगहालगायत ४९ सिटका लागि भोलि (आइतबार) मतदान हुनेछ । मतदान सम्पन्न भएपछि सोमबार बिहानैदेखि सीमालाई सञ्चालन गरिने भारतीय सुरक्षाकर्मीले जनाएका छन् । रक्सौल नाका सिल भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनुका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।
यसैबीच, विहारको निर्वाचनलाई दृष्टिगत गर्दै वीरगन्ज भन्सारको बेरियरसमेत खसाइएको छ । विहारमा हुन लागेको चौथो चरणको मतदानका लागि बारा, पर्सा, रौतहट, सर्लाही, नवलपरासी जिल्लासँग जोडिएका भारतीय सम्पूर्ण नाकालाई समेत ४८ घन्टाका लागि सिल गरिएको भारतीय सुरक्षाकर्मीले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.