बङ्गलादेशलाई हराउँदै भारत महिला एशिया कप क्रिकेटकाे फाइनलमा

0

बङ्गलादेशलाई हराउँदै भारत एसीसी महिला एशिया कप टी–२० क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज भएकाे खेलमा बङ्गलादेशलाई १० विकेटले हराउँदै भारत उपाधि नजिकै पुगेकाे हाे ।

बङ्गलादेशले दिएकाे ८१ रनकाे लक्ष्य भारतले ११ ओभरमा १ विकेट पनि नगुमाई भेटायाे । भारतकी स्मृति मन्धानाले ५५ र शफाली वर्माले २६ रन बनाइन् ।

यसअघि श्रीलङ्काकाे दम्बुलामा टस जितेर ब्याटिङ गरेकाे बङ्गलादेशले २० ओभरमा ८ विकेट गुमाएर ८० रन बनायाे । बङ्गलादेशकी कप्तान निगर सुल्तनाले सबैभन्दा धेरै ३२ रन बनाइन् । भारतकी रेनुका सिंह र राधा यादवले समान ३ विकेट लिइन् ।

सन् २००४ देखि शुरु भएकाे प्रतियाेगितामा भारत हरेक संस्करणकाे फाइनलमा पुगेकाे छ । यस अवधिमा भारत सात पटक उपाधि जित्दा एक पटक उपविजेता बनेकाे छ । सन् २०१८ काे फाइनलमा भारत बङ्गलादेशसँग पराजित भएकाे थियाे ।

महिला एशिया कप क्रिकेटको दोस्रो सेमिफाइनलमा आजै राति श्रीलङ्का र पाकिस्तान खेल्दैछन् । यो खेल दम्बुलामा बेलुकी सवा ७ बजे शुरू हुनेछ । नवौँ संस्करणको प्रतियोगिताको फाइनल खेल पर्सि आइतवार हुँदैछ ।

Leave A Reply

Your email address will not be published.