मदन पुरस्कारका लागि पाँच पुस्तक छनोट

0

मदन पुरस्कार २०८० का लागि पाँचवटा पुस्तक मनोनयनमा परेका छन्। मदन पुरस्कार गुठीले मंगलबार छनोट भएका पुस्तकहरूको सूची सार्वजनिक गरेको हो । प्राप्त भएका ३०४ पुस्तकमध्येबाट पाँच पुस्तकलाई पुरस्कारका लागि मनोनयन गरिएको गुठीले जनाएको छ।

भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’ जीवन क्षेत्रीको ‘नुन–तेल’ भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ मोहन मैनालीको ‘मुकाम रणमैदान’ र  रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’ मनोनयनमा परेका छन्।

छनोटमा परेका पुस्तकमध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा मदन पुरस्कार प्रदान गरिन्छ। २०७५ सालबाट पुरस्कार राशी चार लाख रुपैयाँ रहेको छ।

Leave A Reply

Your email address will not be published.