विराेध र बहिष्कारबीच इजरायली प्रधानमन्त्री नेतन्याहुको सम्बोधन, ‘हमासमाथिकाे कारबाही राेकिँदैन’

0

एजेन्सी


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विद्रोही समूह हमासको पूर्णरूपमा अन्त्य नभएसम्म गाजामा आक्रमण नरोकिने बताउनुभएको छ । विरोध र बहिष्कारकाबीच अमेरिकी कांग्रेसको संयुक्त सभामा सम्बोधन गर्दै नेतन्याहुले हमासमाथिको कारबाही नरोकिने बताउनुभएको हो ।

यसअघि पनि इजरायलले हमासविरुद्धको कारबाही नरोकिने बताउँदै आएको थियो । अमेरिकी संसदमा नेतन्याहुले सम्बोधन गर्दैगर्दा सत्तारूढ डेमोक्रेटिक पार्टीका सांसदहरूले बैठक बहिष्कार गरेका थिए भने धेरैले विरोध जनाएका थिए । उनीहरूले आफूहरू हिंसा र नरसंहारको विरोधी भएको बताएका बीबीसीले जनाएको छ ।

प्यालेस्टाइनको हमास समूह, इरान, लेबनानको हिजबुल्लाह समूह तथा यमनको हुथी विद्रोहीमाथिको कारबाहीमा इजरायल जुटेको भन्दै नेतन्याहुले अमेरिकी समर्थन र सहयोगको लागि आग्रह गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.