लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा शपथ

0

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिनुभएको छ । हिजो मुख्यमन्त्रीमा नियुक्त आचार्यले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ ग्रहण गर्नुभयो । आचार्य एमाले संसदीय दल लुम्बिनी प्रदेशको उपनेता हुनुहुन्छ ।

मुख्यमन्त्री आचार्यको शपथमा एमाले संसदीय दलका नेता लिला गिरी भने अनुपस्थित हुनुभयो । स्रोतका अनुसार प्रदेश संसदीय दलका नेता गिरीले राजीनामा दिनुभएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा महासचिव शंकर पोखरेलनिकट उपनेता आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि गिरीले नैतिकताका आधारमा राजीनामा दिनुभएको हो ।

एमालेका २९ र कांग्रेसका २७ गरी ५६ सांसदको हस्ताक्षरमा एमालेका आचार्य लुम्बिनीको मुख्यमन्त्री बन्नुभएको हो । मुख्यमन्त्री आचार्यले शपथलगत्तै मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । उहाँले कांग्रेस र एमालेका गरी आठ जनालाई विना विभागीय मन्त्री बनाउनुभएको छ । भूमिश्वर ढकाल, दिनेश पन्थी, बादशाह कुर्मी, सरोज थापा, प्रचण्ड विक्रम न्यौपाने, खेमबहादुर सारु, सिता शर्मा मन्त्री बन्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.