गिरिजाप्रसादकाे जन्मजयन्तीमा ऐतिहासिक फोटो प्रदर्शनी : प्रधानमन्त्रीद्वारा अवलोकन

0

काठमाडौँ \ नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ ।

कांग्रेस केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्तिदेखि शान्तिसम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अवलोकन गरिसक्नुभएको छ । फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत सबै पूर्वप्रधानमन्त्रीहरु आउनुहुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भूमिकालाई अटाइएको उहाँले बताउनुभयो ।

फोटो प्रदर्शनीको अलावा क्रान्तिदेखि शान्तिसम्म विषयमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेकपा (एमाले) का नेता प्रदीपकुमार ज्ञवालीले विचार राख्ने कार्यक्रम रहेको छ ।

Leave A Reply

Your email address will not be published.