बजेट पुस्तिका पुनः लेखन नभएसम्म संसद् सञ्चालन गर्न नदिने बागमती कांग्रेसको चेतावनी

0

हेटौँडा \ नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिं लामाले बजेट पुस्तिका पुनः लेखन नभएसम्म संसद् सञ्चालन गर्न नदिने चेतावनी दिएका छन् । प्रदेश सरकारको आगामी आर्थिक वर्षैको बजेट माथिको छलफल गर्न बिहीबार दिउँसो बसको प्रदेशसभाको बैठकमा बोल्दै नेता लामाले बजेट अस्पष्ट र सन्तुलित नभएकाले पुनः लेखनको माग गरेका हुन् ।

नेता लामाले सरकारले बजेटमा चालु खर्चमा अर्थ विविधको १ अर्ब बढी बजेट राखिएको बताए । बजेटमा आथिर्क अराजकता देखिएको उनले बताए । वक्तव्य र कार्यक्रम पुस्तिकामा बजेटको आकार नै फरक रहेकाले बजेट स्वीकार गर्न नसकिने उनको भनाई छ ।

‘बजेट कार्यक्रमको पीडीएफ फाइल र कार्यक्रम पुस्तिका नै परिवर्तन गरिएको छ । वक्तव्यमा ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याइएको छ । कार्यक्रम पुस्तिकामा ६६ अर्बको कार्यक्रम कसरी आयो ? सरकारले सांसदको आँखामा छारो हाल्ने काम गरिरहेको छ ।’ उनले भने, ‘सरकार छलकपट गरेर जनता झुक्क्याउन केन्द्रित भएको छ । अर्थ मन्त्रालय नियमन गर्ने हो कि विकासे मन्त्रालय ? अर्थ विविधमा दोहोरो बजेट राखिएको छ ।’

Leave A Reply

Your email address will not be published.