राष्ट्रिय योजना आयोगको सदस्यमा डा. सिंह नियुक्त

0

काठमाडौँ \  सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा डा. रमेशप्रसाद सिंहलाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले बिहीबर बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको रिक्त रहेको सदस्य पदमा सिंहलाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो ।

उहाँले शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्नुहुँदै हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारी र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धकमा पदम ओलीलाई नियुक्त गर्ने गरिएको पनि बताउनुभयो ।

त्यसैगरी सरकारले ५२ वटा विभिन्न रोगलाई सङ्क्रामक रोगको रुपमा पनि घोषणा गरेको छ । आवासीय सेवामा हड्ताल गर्न निषेध आदेश जारी गर्ने र सोको सूचना राजपत्रका प्रकाशन गर्ने निर्णय पनि सरकारले गरेको छ । हरेक ६ महिनामा जारी हुने सो आदेशलाई राजपत्रका प्रकाशित गर्ने निर्णय पनि सरकारले गरेको मन्त्री शर्माले बताउनुभयो ।

सरकारले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।

मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशकमा तेजबहादुर रायलाई तोक्ने निर्णय गरेको छ । मन्त्री शर्माका अनुसार सरकारले जीवनाशक विषादी व्यवस्थापन नियमावली २०८१ र ज्येष्ठ नागरिकसम्बन्धी पहिलो संशोधन नियमावली २०८१ पनि स्वीकृत गरेको छ ।

Leave A Reply

Your email address will not be published.