सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश

0

काठमाडौँ \ प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले  नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् ।

त्यस्तै बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका छन् ।

बैठकमा अहिले आर्थिक वर्ष २०८१/८२ को  राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।

Leave A Reply

Your email address will not be published.