ब्रुसेल पार्लियामेन्टमा पहिलो नेपाली मुलको सांसद बन्ने प्रयासमा हरि श्रेष्ठ ,

0

सिर्जना कार्की थापा,

बेल्जियमको नेपाली समुदायमा चिरपरिचित नाम हो हरि श्रेष्ठ  । बुवा नारायण श्रेष्ठ र आमा दयालक्ष्मी श्रेष्ठको कोखबाट गोकर्णेश्वर नगरपालिका ४ काठमाण्डौमा जन्मिएका श्रेष्ठ बिगत २० बर्ष देखि बेल्जियमको ब्रुसेल्समा बस्दै आऊनु भएको छ ।

नेपालमा ब्याचलर इन बिजनेस स्टडीज, बेल्जियममा लेखा र कर बिषयमा ब्याचलर सम्मको शिक्षा हासिल गरेका उनको बिगत त्यति सहज पक्कै थिएन ।

२००५ को सुरुवातदेखि नै एउटा इन्डियन रेस्टुरेन्टमा काम गर्दै भाषा पढ्दै गरेर क्यार्टरपिलर नामक अमेरिकन कम्पनीमा काम गर्ने अबसर मिल्यो र त्यहाँ काम गर्दै अध्ययनलाई निरन्तरता दिदै अन्तत ब्याचलर सम्मको पढाई पुरा गरि डिप्लोमा प्राप्त गर्नु भएकोछ ।

काम र पढाइ सम्बन्धी जनतालाई सहयोग गर्ने एउटा सरकारी कार्यालयमा काम गरिरहेका श्रेष्ठ अहिले पनि ब्रसेन्सको बेरोजगार कम गर्न र पढ्न चाहने , सिप सिक्न चाहनेहरूलाई सहयोग गर्ने क्षेत्रलाई कर्म बनाऊदै आऊनुभएको छ ।

मेहनति र लगनशिल श्रेष्ठ खेलकुदमा पनि बिशेष रुचि भएकोले फुर्सदको समयलाई ऊपयोग गर्दै ‘अन्नपूर्ण ब्रुस्सेल’ संस्था दर्ता गरेर सोहि संस्था मार्फत नेपाली मात्र नभएर स्थानीय अन्य समुदायका बिशेष गरेर बालबालिका युवा र अभिभाबकहरुलाई खेल र त्यसको महत्व बुझाऊदै बिभिन्न समयमा उनिहरुसङ्गै मिलेर बिभिन्न प्रतियोगीता आयोजनामा प्रमुख भुमिका निभाईरहनु भएको छ ।

केहि महिना अघि बेल्जियमको राष्ट्रिय पार्टीबाट ब्रुसेल पार्लामेन्टको उम्मेदवारीको लागि एउटा अफर पाए पछि अहिले उंहा उम्मेद्वार हुनुहुन्छ । अत्यन्तै हौसला र उत्साहका साथ क्यान्डिडेट हुन अनुरोध आएकोले स्थानिय कम्युन (वडा) संग खेलकुल र सामाजिक अग्रसरताको कारण श्रेष्ठले यो अबसर पाएको नेपाली समुदायको भनाईछ ।

नेपालमा चुनाब अत्यन्तै खर्चिलो र भडकिलो अनि राजनिती भनेको कुनै पेशा ब्यहसाय झै सम्झिएका हरि सुरुमा यो अफर सहजै स्बिकार्न तयार भएनन । नेपालमा रहनुभएको आमा दाजुभाई घरपरिवार नेपाली समुदाय साथीभाई संग सल्लाह र सुझाब पछि उम्मेद्वार बन्ने निर्णयमा पुगेको उनी बताउछन ।

यसै बिच ब्रुस्सेल संसदमा ८९ जना सांसदहरू चयन हुन्छन, जसमा १७ जना नेदरल्यान्ड्स भाषी सांसदहरु चयन हुने मध्य १३औ नम्बरमा हरिलाई चयन गरिएकोछ । चुनाब जितेको खण्डमा ऊहा ब्रुसेल्स पार्लामेन्टको सांसद हुने र सांसदहरूको चयनबाट मन्त्री बन्ने सम्भावना रहनेछ ।

नतिजा जे भए पनि आफूले पहिले देखि गर्दै आएको दैनिकी काम तुरुन्तै भोलिपल्टबाट गर्न पाइन्छ भने चुनावी कृयाकलाबको लागी आफ्नो व्यक्तिगत हिसाबबाट कहिँ पनि एक पैसा लगानी गर्नु नपर्ने र गरेको थाहा पाएमा कारबाही हुने सम्म कानुन छ । अहिले पनि काम छोड्न नपर्ने र चुनाव सिद्धिएको भोलिपल्ट आफ्नो दैनिक काम सुरु गर्न पाईने छ !

बेल्जियमको सरकारमा रहेको सोसलिस्ट पार्टिले एक मेहनती र लगनशिल नेपाली भाषी युवालाई आफ्नो ऊम्मेदवारमा प्रस्ताब गरेर सिङ्गो नेपाली समुदायका लागि गौरबको बिषय भएको बेल्जियम बासि नेपालीहरुले बताउछन ।

केहि दिनमै हुने चुनावमा सफलता प्राप्त गरे एऊटा नेपाली बेल्जियमको सांसद र मन्त्री सम्म हुने अबसर प्राप्त हुनेछ जसका लागि हामी सबैको सहयोग र शुभकामना आबस्यक छ ।

Leave A Reply

Your email address will not be published.