काठमाडौँ \ सर्वोच्च अदालतमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर रिटमा सुनुवाइ जारी छ ।
सोमबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।
नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिनुभएको विश्वासको मतमा प्रश्न उठाउनुहुँदै सर्वोम्मा रिट दायर गर्नुभएको थियो ।
नेता पाण्डेले विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको र कुल ६० सदस्यीय प्रदेश सभामा ३० जनाको मतलाई बहुमत मानिएको भन्दै रिट दायर गर्नुभएको हो ।