बालुवाटार बैठक : गृहमन्त्रीको अभिव्यक्तिबारे कांग्रेसले माग्यो प्रधानमन्त्रीको जवाफ

0

काठमाडौं \ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

प्रमुख तीन दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेले ६ जेठमा संसद्‌मा दिएको अभिव्यक्तिबारे प्रश्न उठाएका हुन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘गृहमन्त्रीजीले सदनभित्र रहेका माननीय र कांग्रेसलाई लाञ्छित गर्नुभएको छ, यसका बारेमा जवाफ चाहन्छौं भनेका छौं ।’

साथै कांग्रेस नेताहरूले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउमा समेत प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए ।

Leave A Reply

Your email address will not be published.