कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न दिएन भन्नु गलत : नेता कोइराला

0

काठमाडौँ \  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नेकुरा गलत भएको दाबी गर्नुभएको छ ।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले उपप्रधानमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिएको आरोप लगाइरहँदा कांग्रेसले बोल्न दिने कुरामा सहमत भएको जिकिर गर्नुभएको हो ।

उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा मुछिएपछि गृहमन्त्री भएर बस्न नमिल्ने उहाँको भनाइ छ । उपप्रधानमन्त्री भए फरक नपर्ने तर गृह मन्त्रालयमा बस्न भने उहाँले नमिल्ने नेता कोइरालाले बताउनुभयो । उहाँले उपप्रधानमन्त्री लामिछाने आफैँले संसदमा उभिएर आफूमाथि लागेको सहकारी ठगी छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने धारणा राख्नुपर्ने बताउनुभयो ।

नेता कोइरालाले कांग्रेसले उपप्रधानमन्त्री लामिछानेको राजीनामा नमागेको पनि बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.