सत्तापक्ष र प्रतिपक्षको आआफ्नै अडानले संसदको गतिरोध लम्बिने सङ्केत

0

सत्तापक्ष र प्रतिपक्ष दलका आआफ्नै अडानका कारण संसदको गतिरोध लम्बिने देखिएको छ । आज बिहान ११ बजे संसद बैठक बस्नुअघि सहमति खोज्ने भनिए पनि दलहरु आआफ्नै अडानमा रहेका कारण निकास निस्कन सकेको छैन ।

सत्तारुढ दल एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनुपर्ने बताउँदै आएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसले पोखरा र बुटवलको सहकारीको रकम हिनामिनामा लामिछाने संलग्न रहेको पुष्टि भएकोले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संकटग्रस्त सहकारीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्ने मध्यमार्गी प्रस्ताव गरे पनि यसमा एमाले र रास्वपाको असहमति छ । सरकारका नीति तथा कार्यक्रम संसद्बाट पारित आउँदो १५ मा बजेट ल्याउने दबाब सरकारलाई छ ।

हिजो प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री लामिछानेबीच भएको भेटमा लामिछानेले आफूमाथि निरन्तर आरोप लागेकाले संसद्मा जवाफ दिने आफ्नो अधिकार भएको बताउनुभएको छ । सहमतिको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेले आज पनि दलहरूसँग संवाद गर्दै हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.