दुर्घटनासँगै बस आगलागी, छको मृत्यु

0

काठमाडौं, ३ कार्तिक । बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुवाहक बस खासखुस्मा गाविस–८ चप्परगौरीमा दुर्घटना भई एक्कासि आगलागी हुँदा बसमा सवारमध्ये अहिलेसम्म छ जनाको शव प्राप्त भएको छ ।
इलाका प्रहरी कार्यालय अमेलियाले दिएको जानकारीअनुसार बसमा ३३ यात्रु सवार रहेको र तीमध्ये १२ जनाको जीवित उद्धार गरिएको छ भने अहिलेसम्म छ जनाको शव प्राप्त भएको हो । घाइतेकोउद्धार जारी नै रहेको र मृतकको अझै सनाखत हुन सकेको छैन् । बसमा सवार यात्रु केहीले पेट्रोलियम पदार्थ बोकेको र बस अनियन्त्रित भई दुर्घटना हँुदा तातेर आगलागी भएको प्रहरीको अनुमान छ । घटनाबारे थप विवरण आउन बाँकी नै छ ।

Leave A Reply

Your email address will not be published.