बारपाकमा आज सार्वजनिक बिदा

0

सुलीकोट \  गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले वैशाख १२ गते आज बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको गाउँ कार्यपालिकाको बैठकले वैशाख १२ गते बिदा दिने निर्णय गरेको बार पाक सुलीकोट गाउँपालिकाले जनाएको छ ।

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पले गोरखाको बारपाकमा ७.६ म्यागनीच्युडको भूकम्पमा परी दिवङ्गत हुनुभएका नागरिकहरूको सम्मान तथा सम्झनामा  आज बुधवार बिदा दिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जानकारी दिनुभयो ।

गाउँ कार्यपालिका बैठकले बार पाक सुलीकोट गाउँपालिका भित्रका  सरकारी कार्यालय, गैरसरकारी कार्यालय विद्यालय तथा बैङ्क तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै बार पाक सुलीकोट गाउँपालिकाको वडा न १ मा रहेको श्री हिमालय माविको खेलमैदानमा गाउँपालिकाको तर्फबाट आज वैशाख १२ गते बुधवार दिउँसो ११. ४५ बजे हुने श्रद्धाञ्जली सभामा कार्यक्रममा सहभागी भइदिन सबैमा आग्रह समेत गरेको छ ।

Leave A Reply

Your email address will not be published.