भुकम्पले भत्काएको विद्यालय बनाउन च्यारिटी सो

0

गैर आवासीय नेपाली संघ बेल्जियमले जाजरकोट जिल्लामा भुकम्पले भत्काएको विद्यालय बनाउन च्यारिटी सांस्कृतिक कार्यक्रम सम्पन्न गरेकोछ । विद्यालय भवन निर्माण गर्न सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा द भ्वाइस अफ नेपालका विजेता गायक किरण गजमेर र स्थानीय कलाकारहरु लाहुरे कान्छा, बलराम पुन लगायतले आआफ्नो प्रस्तुतिमा उपस्थित दर्शकहरुलाई नचाएका थिए ।

साथै स्थानीय  कलाकारहरुको न्रित्यले पनि खचाखच भरिएको हलका दर्शकहरुले मनोरंजन लिएका थिए । नेपाली नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गर्न र मनोरञ्जन गर्न करीब तीन सय जनाको उत्साहप्रद सहभागिता रहेको थियो ।   उक्त परियोजनाका लागि करीब २१ हजार युरो संकलन भएको र अब छिट्टै विद्यालय भवन निर्माण सुरु गरिने एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले जानकारी गराउनु भएकोछ । सांगितिक कार्यक्रम अघि भएको छोटो औपचारिक कार्यक्रममा संस्थाका उपाध्यक्ष कासी दनैले वित्तचित्र मार्फत विद्यालय भवन बनाउने स्थान, भत्किएको  त्यहाँको वस्तुस्थिति विद्यालय र वडा कार्यालयसँग भएको सम्झौता-पत्र लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

संगठनकी अध्यक्ष सीता सापकोटाले भुकम्प लगत्तै जाजरकोटमा रहात वितरणमा जादाँ त्यहाको अवस्था देखेर सहयोग गर्ने बारेमा समितिमा प्रस्ताव गरेको र सोही अनुसार सर्बसहमतिमा भवन बनाउने दायित्व समितिले ग्रहण गरेको दनैले बताउनु भयो । च्यारिटिका लागि आर्थिक सहयोग गर्ने व्यक्ती र संस्थालाई धन्यवाद दिदै अर्का उपाध्यक्ष लोकेन्द्र नेपालले आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । अतिथि कलाकारहरु लगायत कार्यक्रमका लागि प्रायोजन गर्ने र अन्य व्यवस्थापकीय सहयोग गर्ने नेपाली समुदाय र बेल्जिक नागरिकहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी र एनआरएनए बेल्जियम अध्यक्ष सापकोटाले मायाको चिनो प्रदान गर्दै सम्मान गर्नु भएको थियो ।

एनआरएन बेल्जियमका उपमहासचिव राजेन्द्र कार्कीले औपचारिक र एडिना केसीले सांस्कृतिक कार्यक्रमको सञ्चनलन गरेका थिए । अतिथिहरुलाई कार्यक्रम संयोजक योगेन्द्र श्रेष्ठले स्वागत गर्नु भएको थियो । एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटाले उपस्थित दर्शक, कलाकार, पाहुनाहरु र सहयोगी सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.