राष्ट्रियसभाको उपाध्यक्षमा दुईजनाको मात्रै मनोनयन दर्ता थप सामग्री

0

काठमाडौं \ राष्ट्रियसभाको उपाध्यक्षमा दुईजनाको मात्रै उम्मेदवारी परेको छ । नेकपा एमालेको तर्फबाट विमला घिमिरे र नेपाली कांग्रेसबाट विष्णुदेवी पुडासैनीले मात्र मनोनयन दर्ता गराउनु भएको हो ।

उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा निर्वाचन गर्न लागिएको हो । माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन्। ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद संख्या आवश्यक पर्छ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही २८ गते हुँदैछ। चैत २८ गते हुने निर्वाचनका लागि आज १ः४५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो ।

Leave A Reply

Your email address will not be published.