लुम्बिनीकाे मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

0

लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त हुनुभएको छ ।

प्रदेश सभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेश सभा सदस्यको समर्थनमा प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

महरालाई नेकपा (एमाले) का २९, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, नेकपा (एकीकृत समाजवादी) का एक र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले हिजो राजीनामा दिनुभएको थियो । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन् ।

Leave A Reply

Your email address will not be published.