राष्ट्रिय सभा उपाध्यक्षको चुनाव चैत २८ गते

0

राष्ट्रिय सभाको उपाध्यक्ष पदको चुनाव यही चैत २८ गते बुधवार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको चुनावका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो ।

उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपपछि त्याे पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभा अध्यक्ष दाहालले सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो ।

राष्ट्रिय सभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।

Leave A Reply

Your email address will not be published.